भाटभटेनीका दुग्धजन्य सबै पदार्थ खान अयोग्य प्रमाणित

November 7, 2018 |Pahiloclick

काठमाडौँ: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको छ । विभागले दुग्धजन्य खाद्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ ।

सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि त्यहाँ बिक्री हुँदै आएको दुग्धजन्य खाद्य वस्तु गुणस्तरहीन भएको पाइएकाले बिक्री वितरणमा रोक लगाइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।