५० हजारको लोभले बेचिँदै नेपाली चेली

November 6, 2018 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

नेपालगन्ज : २१ वर्षीया सरिता क्षेत्री (नाम परिवर्तन) महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन् । दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर प्रदेशको गाजियावाद इन्द्रपुरम्स्थित एक फ्लाटमा राख्यो । यसअघिदेखि त्यहाँ उनी जस्तै थुप्रै नेपाली महिला राखिएका थिए ।

दिल्लीस्थित नेपाली दूतावासलाई माइती इण्डियाले नेपाली चेलीको उद्दार गर्न आग्रह गरेपछि प्रहरीको सहयोगमा २३ अक्टोबरमा क्षेत्रीको उद्दार भयो ।

उद्दार गरिएका सबैलाई माइती इण्डियाले सोमबार बाँके प्रहरी र माइती नेपाल नेपालगन्जलाई उनलाई हस्तान्तरण गरेको छ । खाडी मुलुकमा बेचिन लागेका ४० जना नेपाली महिलाको उद्दार गरी माइती नेपाल फर्काइएको हो ।

उद्दार गरिएकामा झापाका १० जना छन् । कास्की, काभ्रे, सुनसरी, सप्तरी, कपिलवस्तु, दैलेख, मोरङका दुई÷दुई जना छन् । सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदयपुर, रामेछाप, काठमाडौं, दाङ, इलाम, तेह्रथुमलगायकाका जिल्लाका एक÷एक जना रहेको माइती नेपालले जनाएको छ । उनीहरू कम्तीमा २१ वर्षदेखि बढीमा ४२ वर्षसम्मका छन् । यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।