काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, १७ घाइते

September 22, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

हेटौंडा: मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृतकको खंख्या ७ पुगेको छ।

भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा परेर १७ जना यात्रु घाइते भएका छन्।

‘बसका चालक फरार छन्। उनी भेटिएपछि थप अनुसन्धान हुन्छ’, उनले भने।