सरकार र केसीबीचको दोस्रो चरणको वार्ता पनि निष्कर्ष विहीन

फाईल फोटो
September 22, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: अनसनरत डाक्टर गोविन्द केसी र सरकारका प्रतिनिधिबीच बिहीबार भएको दोस्रो चरणको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो पौने २ बजेबाट सुरु भएको वार्ता निष्कर्षमा नपुगेको डा. केसीका सहयोगी प्रितम सुवेदीले बताए ।

मंगलबार ८ घण्टासम्म बसेको पहिलो चरणको वार्ता पनि निष्कर्षमा पुगेको थिएन । डा केसीले उठाएका कतिपय विषयवस्तु राजनीतिक तहबाटै निर्णय गर्नुपर्ने देखिएकाले थप छलफल गरिने उनले बताए । डा.केसीले उठाएका सबै मागमा बुँदागत रूपमा छलफल भएको सहयोगी सुवेदीले बताए ।

भदौ २७ गतेदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका ८ बुँदे माग राख्दै डा. केसी अनसनमा बसेका हुन् ।