पछिल्लो २४ घण्टामा थप ६६ जनामा कोरोना संक्रमण

September 22, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार १ सय ९० पिसिआर परीक्षणका क्रममा ५९ जना र २ हजार ७२ एन्टीजेन परीक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३७ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा १ हजार ४ सय ५ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।