ब्याज वृद्धि फिर्ता लिन एफएनसीसीआईको आग्रह

September 22, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: बैंक तथा वित्तीय संस्थाहरूले व्याज बढाउँदा साना मझौला उद्योग बन्द हुने र महङ्गीले सर्वसाधारणको जीविका कष्टकर हुने भन्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले ब्याज वृद्धिको विरोध गरेको छ ।

गत माघदेखि कायम हुँदै आएको बैकर्स संघको भद्र सहमति खारेज गर्दै बैंकहरूले असोज एक देखि लागू हुने गरी निक्षेप तथा कर्जामा ब्याजदर १० प्रतिशत बढाएका छन् ।

‘कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी थप मर्माहित भएका छन्’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ब्याज वृद्धिको कदमले आठ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई ब्याज वृद्धिले थप माथि लैजाने भन्दै सरकारको राजश्व संकलन पनि २० प्रतिशत खुम्चिएको महासङ्घको भनाई छ ।

कोभिडका कारण पहिलो बन्दाबन्दी अवस्थामा बैकिङ क्षेत्रबाट सहयोग पाएपनि अहिले ब्याज बढाएर सञ्चालनमा रहेका व्यवसाय नै जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित गरेको आरोप महासंघको छ ।

महासंघले अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने भएकाले ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न सरोकारवाला समक्ष माग गरेको छ ।