थप ८१ जनामा कोरोना संक्रमण

September 21, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ: पछिल्लो २६ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ९७ पिसिआर परीक्षणका क्रममा ३९ जना र २ हजार ३ सय ५० एन्टीजेन परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ७५ संक्रमित निको भएका छन् ।

हाल नेपालमा १ हजार ४ सय ८३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।