पिपुल्स हाइड्रोपावरको आइपीओ बिक्री खुला, प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा असोज १४ गतेसम्म

September 16, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौं: पिपुल्स हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ बिक्री खुलाएको छ। आइपीओमा छिटोमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशत प्रभावित क्षेत्रका स्थानीयलाई जारी गर्दैछ। स्थानीयले ३२ लाख कित्ता आइपीओका लागि आवेदन दिन सक्नेछन्।

जसमध्ये लमजुङको दोर्दी गाँउपालिका वडा नं ६ र ७ का बासिन्दाले ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता पाउनेछन्। बाँकी २२ लाख ४० हजार कित्ता लमजुङ जिल्लाका बासिन्दाको हिस्सा हो।

स्थानीयले घटीमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। असोज १४ गतेसम्म पर्याप्त आवर्दन नपरे असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ निर्माण गर्दैछ। निर्माण अवधिको ब्याजसहित आयोजनाको प्रति मेगावाट लागत १९ करोड २४ लाख रुपैयाँ छ।