भारतले भन्याे ‘प्रचण्डको भ्रमण राजनीतिक निम्तोमा, माेदीसँगकाे भेट उपयुक्त थिएन’

July 19, 2022 |Pahiloclick
Notice: Undefined offset: 1 in /home/pahiloclick/public_html/wp-content/themes/webrobo/single.php on line 48

काठमाडौँ:
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो भारत भ्रमण सफल भएको बताइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुन नसकेको भेटको विषयमा खिन्न थिए ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निम्तोमा तीन दिने भारत भ्रमणमा गएका प्रचण्डलाई अन्तिम समयसम्म पनि मोदीसँग भेट हुने विश्वास थियो । त्यसबाट उनी नेपालको राजनीतिलाई पनि सन्देश दिन चाहन्थे ।

सरकारी अधिकारी र भाजपाका नेताहरुबाट प्राप्त गरेको स्वागत सत्कारले जति उत्साहित बनाएको थियो मोदीसँग भेट नहुँदा ती सबैलाई खल्लो बनाएको थियो ।

मंसिरमा हुने आमनिर्वाचितको मिति घोषणा पूर्व नै प्रचण्ड प्रधानमन्त्री बन्नका लागि दिल्लीको सद्भावना आफुलाई रहेको सन्देश दिन चाहन्थे ।

आइतबार बिहान दिल्लीस्थित भाजपा मुख्यालयबाट बाहिरिदै गर्दा भ्रमणको ‘क्लाइमेक्स’ अर्थात भारतीय प्रधानमन्त्री मोदीसँगको भेट बाँकी रहेको उनले बताएका थिए ।

दिल्लीमा भारतीय प्रधानमन्त्री माेदीसँग भेट हुन नसकेको कुनै ‘क्लु’ नभेटेका प्रचण्डलाई भारतीय संस्थापन पक्ष भेटका लागि ‘रिजर्व’ रहेको थियो ।

उनीहरुको बुझाइमा प्रधानमन्त्री बन्ने विषय स्थापित गर्न प्रचण्डले केही हतारमा भारत भ्रमण गरेका थिए । ‘उनको मनशाय बुझेको भारतले प्रधानमन्त्री मोदीसँगको भेटलाई ‘रिजर्व’ राखेको हो’ भ्रमणको बारेमा जानकार भारतीय पक्षले भन्यो ।

भारतले ‘प्रचण्डकाे भ्रमण भाजपाकाे निमन्त्रणामा भएकाे राजनीतिक हाे, प्रधानमन्त्री माेदीसँगकाे भेट उपयुक्त’ नभएको प्रतिक्रिया विभिन्न माध्यमबाट सार्वजनिक गरेकाे थियो । भारतीय पक्षले प्रचण्डसँग भारतीय प्रधानमन्त्री मोदीसँग भेट गराउने पूर्व प्रतिवद्धता नभएको बताएको छ ।

भारत भ्रमणमा रहँदा विदेशमन्त्री एस जयशंकरसँग राजनीतिक भेटघाट भएको र सबै पक्षसँग राम्रो कुराकानी भएको प्रचण्डले विमानस्थलमा बताए ।

‘भारतका विदेशमन्त्री एस जयशंकरसँग राजनीतिक भेटघाट भयो । संविधान घोषणाका बेला त्यति राम्रो थिएन । अहिले राम्रो कुराकानी भयो सबै पक्षमा’ उनले भने,

‘म धेरै आशावादी भएर आएको छु । हामीले गरिरहेका कुराहरू केही सहज हुन्छ भन्ने लागेको छ । हामीले पनि उहाँहरूका पार्टीका नेताहरूलाई बोलाओस् भन्ने प्रस्ताव छ ।

यसले केही न केही सकारात्मक परिणाम दुई देशको सम्बन्धमा ल्याउँछ । तत्काल देखिएका केही समस्याहरू पनि समाधानमा आउनेछ । यस भ्रमणले केही प्रगति हुन्छ भन्ने विश्वासका साथ आएको छु ।’

तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अन्तिम समयमा किन रोकियो भन्नेबारे आफूलाई केही जानकारी नआएको उनले बताए । ‘मोदीसँगको भेट क्यान्सिल किन भयो थाहा छैन,’उनले भने ।

भारत भ्रमणमा रहँदा दाहालाई राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विनयमोहन क्वात्राले सहितका वरिष्ठ भारतीय अधिकारीहरुले भेट गरेका थिए ।